नियम ४३
प्रोवेशन अधिकारीको बाल न्यायसँग सम्बन्धित काम, कर्तव्य र अधिकार
: ऐन तथा यस नियमावलीमा उल्लेख भएका काम, कर्तव्य र अधिकारको अतिरिक्त प्रोवेशन अधिकारीको बाल न्यायको सन्दर्भमा अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हनेछ :- ।क) कसूरजन्य कार्यको आरोप लागेका बालबालिकाको मुद्दाको अनुसन्धान: सम्बन्धी प्रक्रिया अवलोकन गरी बाल अदालतलाई आवश्यक प्रतिवेदन पेश गर्ने,

(ख) निगरानी कक्ष, सुधार गृह तथा अन्य सङ्घ संस्थामा राखिएका ८ बालबालिकाको स्थितिबारे अध्ययन गरी बाल अदालतलाई आवश्यक प्रतिवेदन पेश गर्ने,

(ग) दिशान्तरको क्रममा अनुसन्धान अधिकारी, अभियोजनकर्ता र बाल अदालतबाट भएको आदेशको पालना भए नभएको सम्बन्धमा अध्ययन गरी उक्त निकायहरूलाई आवश्यक प्रतिवेदन पेश गर्ने,

(घ)। बाल अदालतले दिएका आदेशहरूको कार्यान्वयन भए नभएको सम्बन्धमा अध्ययन गरी बाल अदालतलाई आवश्यक प्रतिवेदन पेश गर्ने,

(ङ): बालबालिकालाई परिवार तथा समुदायमा पुनर्स्थापना गर्न सहयोग गर्ने,

[।च) बाल अदालतले प्रोवेशनमा रहने गरी तोकेका बालबालिकाहरूको सुपरिवेक्षण गर्ने,

(छ| बालबालिका संलग्न कसूरजन्य कार्यको अनुसन्धान वा अभियोजनको क्रममा अनुसन्धान अधिकारी वा अभियोजनकर्ताले मागेको कनै विवरण वा जानकारी उपलब्ध गराउने,

(ज) बाल अदालतले तोकेको अन्य कार्य गर्ने ।